दफा
समितिको काम, कर्तब्य र अधिकार

४. समितिको काम, कर्तब्य र अधिकार

समितिको काम कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछ ः–

(क) बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रमहरु स्वीकृत गरी कार्यान्वयन गर्ने, गराउने ।
(ख) बौद्धनाथ क्षेत्र भित्रको बौद्ध धर्म सम्बन्धी सामाजिक, आर्थिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक वा यस्ते प्रकारका ऐतिहासिक महत्वका प्राचीन स्थान तथा वस्तुहरुको खोजी, अन्वेषण, अनुसन्धान गर्ने र त्यसको अभिलेख राख्ने । तर यस्तो कार्य गर्दा स्वीकृत लिनु
पर्ने निकायको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(ग) बौद्धनाथ क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्नको लागि विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय सङ्घ, संस्था वा व्यक्तिहरुसँग सम्पर्क र समन्वय गर्ने ।
(घ) बौद्धनाथ क्षेत्रभित्र पर्यटकको लागि उपयुक्त हुने स्थानहरुमा पर्यटन विकासको लागि आवश्यक कार्यक्रमहरु स्वीकृत गर्ने ।
(ङ) बौद्धनाथ क्षेत्रभित्र कुनै स्थान विशेषको महत्व, गरिमा, मान्यता र सम्वेदनशीलतालाई ध्यानमा राखेर त्यस्ता स्थानहरुमा गर्न नहुने कार्यहरु तोकी नियन्त्रण गर्ने ।
(च) बौद्धनाथ क्षेत्र भित्रका प्राकृतिक सम्पदाहरुको संरक्षण गर्ने तथा वातावरणीय सन्तुलन कायम गर्ने ।
(छ) बौद्धनाथ क्षेत्रभित्र विश्व सम्पदान सूचीमा समाबिष्ट भएका स्थानहरुमा निर्माण गरिने घर, गुम्बा, मठ, धर्मशाला र अन्य निर्माण सम्बन्धी कार्यहरुलाई आवश्यक मापदण्ड तोक्ने ।
(ज) बौद्धनाथ क्षेत्र भित्रका कुनै पुरातात्विक महत्वको स्थानलाई संरक्षित स्थान घोषणा गर्ने व्यवस्था मिलाउने ।
(झ) बौद्धनाथ क्षेत्र भित्रका सरकारी, गैर सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन हुने विकास निर्माण कार्यहरु सञ्चालन गर्ने निकायहरु बीच समन्वय कायम गर्ने ।
(ञ) बौद्धनाथ क्षेत्रको महत्व दर्शाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सभा, सम्मेलन गोष्ठी वा प्रदर्शनी आयोजना गर्ने ।
(ट) यस आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि गर्नु पर्ने अन्य कार्यहरु गर्ने, गराउने ।